चम्चाले भन्दा हातले खाना खानुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७५, आईतवार ०४:२०

खाना चम्चाले खाने गर्नु भएको छ । आजै देखि हातले खाना खाने बानी बसाल्नुहोस् । चम्चा वा काँटाले खाना खानु भन्दा सामान्य खाना हातले खानुका धेरै फाइदा छन् । आयुर्वेदमा भोजन हातले गर्दा हुने फाइदाको बारेमा चर्चा गरिएको छ।

हातले खाना खाँदा खाना कति तातो वा चिसो छ भन्ने अन्दाज गर्न सहज हुन्छ । यसले मुखमा पोल्ने वा चिसो भैसकेको खाना खानु पर्ने समस्या हुँदैन । चम्चा र काँटा प्रयोग गर्दा तातो खाना मुखमा परेपछि मात्र थाहा हुने समस्या हुन्छ।

आयुर्वेदका अनुसार शीर ५ तत्वले बनेको हुन्छ। पृथ्वी, वायु, आकाश, जल र अग्नि । यी ५ तत्वमा असन्तुलन भएमा शरीरमा असजता पैदा हुन्छ र विरामी भइन्छ । खाना खाने समयमा खाना उठाउँदा हातमा बन्ने मुद्राले पाँच तत्वको सन्तुलन कायम राख्ने र शरीरमा उर्जा बढ्ने हुन्छ । स्पर्स दिमागका लागि सबैभन्दा प्रगाढ संवेदना मानिन्छ । खानालाई सिधै हातले छुँदा दिमाग सक्रिय हुने र खानाको पाचनकालागि निर्देशन पठाउँछ जसका कारण पाचन प्रणाली सक्रिय हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१