तीन वर्षसम्मको बच्चालाई के खुवाउने, के नखुवाउने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७५, सोमबार ०४:५०

काठमाडौं । शिशु आफ्नो आमाको गर्भमा हुँदा आमाको खानपानबाट नै आहार प्राप्त गर्छ । तर जन्मपछि बच्चाको खानपानका सम्बन्धमा धेरै सावधानी अपनाउनुपर्छ । खानपानमा सामान्य त्रुटि हुँदा पनि बच्चालाई हानि पुग्छ ।

बच्चालाई तीन वर्षसम्मको उमेरमा जे खुवाइन्छ, त्यसले नै उसको पूरा जीवन र उसको आनीबानीमा असर पर्छ । यहाँ हामी सानो बच्चालाई के खुवाउनुहुन्छ अनि के खुवाउनुहुँदैन भनी चर्चा गर्दैछौं ।

पहिलो ६ महिना बच्चलाई आमाको दूध नै खुवाउनुपर्छ।

६ महिनापछि उमालेपछि चिसो भएको पानी चम्चाले पियाउनुपर्छ । त्यसपछि सानो गिलासले पियाउने हो।

बच्चालाई बोतलबाट सकेसम्म दूध वा पानी नपियाउनुस्।

६ महिनापछि बिस्तारै बच्चाको आहारमा सामान्य कुराहरू समावेश गर्दै जानुस् ।

घरैमा बनेका दाल, खीर अलिअलि गरेर खुवाउँदै जानुस् ।

६ महिनादेखि बच्चालाई केरा दूधसँग मुछेर खुवाउनुस् । बिस्तारै स्याउ, मेवा, आँप जस्ता फल पनि बच्चालाई खुवाउनुस् ।

सात महिनाको बच्चालाई राम्ररी पकाइएका तरकारीहरू पिँधेर मसिनो बनाई खुवाउनुस्।

आठ महिनादेखि दाल वा खिचडी मज्जाले पकाएर अनि पिँधेर खुवाउनुस्।

नौ महिनाको बच्चालाई गाई वा भैंसीको दूध पिउन दिनुस्।

एक वर्षपछि बच्चालाई सन्तुलित र पूर्ण आहार दिनुपर्छ। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१