महिनावारी : कुन उमेरमा कस्ता समस्या ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७५, सोमबार ०४:४६

भोला रिजाल
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
महिलामा नियमित हुने महिनावारी अर्थात् रजश्वला प्राकृतिक नियम हो । नियमित महिनावारी स्वस्थ शरीरको सूचक पनि हो । ११–१२ वर्षको उमेरदेखि महिलामा रजश्वला सुरु हुन्छ र यो क्रम ४०–४५ वर्षसम्म जारी रहन्छ । तर, यसबीचमा महिनावारी रोकिएमा भने स्वास्थ्य जाँच गराउन आवश्यक हुन्छ । नत्र भविष्यमा जटिल शारीरिक समस्या पनि उत्पन्न हुन सक्छ ।

किन आउँछ समस्या ?
-महिनावारीमा आउने समस्यामा कतिलाई वंशाणुगत गुणले पनि काम गरेको हुन्छ । आमा हुने समस्या छोरीमा समेत देखिन सक्छ।

-शरीरमा हर्मोनको कमी र असन्तुलनका कारण पनि महिनावारीमा समस्या देखिन्छ ।

-कतिपयमा उमेर पुगिसक्दा पनि पाठेघरको राम्रो विकास भएको हुँदैन । यसले पनि नियमित महिनावारीमा प्रभाव पार्ने गर्छ । पाठेघरले मात्र नभएर योनिको विकास राम्रोसँग नहुँदा पनि महिनावारीमा समस्या देखिन्छ ।

-मानिसमा रोगप्रतिरोधी क्षमता हुन्छ । यस्तो क्षमता नियमित भोजनले पनि विकास गर्छ । तर, रोगप्रतिरोधात्मक क्षमता कम हुनुको परिणाम रजश्वलामा पनि देखिन्छ ।

११–२२ वर्ष उमेर समूह
-यो उमेर समूहका युवतीमा महिनावारी रोकिने समस्या अत्यधिक हुने गर्छ । विशेषगरी कलेज पढ्ने युवतीहरू महिनावारीको समस्या लिएर अस्पताल आएको पाइन्छ ।

-यो उमेर समूहमा कसैकसैलाई रजश्वलाको समय अत्यधिक रक्तश्राव हुने समस्या पनि हुन्छ । कतिपय युवतीमा भने उमेर पुगे पनि महिनावारी नहुने समस्या हुन्छ । महिनावारी नभएको समस्या लिएर अस्पतल धाउने १९–२० वर्ष उमेरसम्मका युवती पनि छन् ।

-कतिपयलाई अनियमित रजश्वलाको समस्या पनि हुन्छ । कतिलाई चाहिँ नियमित रजश्वला हुने र फेरि केही समय रोकिने पनि हुन सक्छ ।

२२–३५ वर्ष उमेर समूह
-आमाले पटक–पटक जीवित शिशु जन्माउन नसक्दा पनि स्वास्थ्यमा असर पुग्न जान्छ । यस्तो हुँदा एक्कासि महिनावारी रोकिने समस्या हुन्छ । बच्चा खेर गइरहँदा पाठेघर बिग्रन्छ र महिनावारी
रोकिन पुग्छ ।

४० वर्षपछि
४० वर्षपछि भने यसै पनि महिलामा हर्मोनको कमी हुन जान्छ । यदि त्यो समयमा शरीरले आवश्यक हर्मोन उत्पादन गर्न सकेन र त्यसअनुसार सन्तुलित आहारको प्रयोग गरिएन भने

महिनावारीमा समस्या
देखिन्छ । त्यस्तै, योनिबाट रगत बगेमा र सम्भोगको समय रगत देखा परेमा पाठेघरमा ट्युमर नै हुन सक्छ । यस्तो समस्या देखिएमा रगत जाँच गराउनु आवश्यक हुन्छ ।

नियमित नभएमा
हर्मोनमा असन्तुलन भई महिलामा महिनावारी रोकिँदा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । यसो भएमा पुरुषको जस्तै रौँ बढ्ने, मोटोपना, अण्डा उत्पादन गर्न नसकी गर्भधारणमा समस्या देखिनेलगायत हुन्छ । यदि नियमित महिनावारी रोकिएमा स्वास्थ्यमा कुनै न कुनै

समस्या आएको बुझ्नुपर्ने
हुन्छ । जीवनशैली र खानपानले पनि यसमा प्रभाव पार्छ । यौनांगको सरसफाइको कमी, संक्रमणलगायतले समेत महिनावारीमा समस्या सिर्जना गर्छ ।

कसरी हुन्छ उपचार ?
हर्मोनको कमी वा गडबडीका कारण महिनावारीमा समस्या देखिने भएकाले हर्मोनको सप्लिमेन्ट गर्नुपर्छ । पाठेघरको मुख नखुल्दा पनि महिनावारीको नियमितता टुट्न सक्छ । यस्तो भएमा शल्यक्रिया नै गरेर पाठेघरको मुख खुलाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१