तिहारका लागि मिठो र स्वादिष्ठ सेलरोटी बनाउने सजिलो तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७५, सोमबार ०४:४०

काठमाडौं । नेपालीहरुको पहलिो महान पर्व दशैं सकिएसँगै देशभर तिहारको रौनक देखिन थालेको छ। तिहार नजिकिएसँगै बत्ति पसल र कपडा पसलमा आम उपभोक्ताको भिड लाग्न थालेको छ।

तिहारको परिचय नै झिलिमीली बत्ति, सयपत्री, मखमली फूल, भार्इ टीकासँगै तिहारको परिचय सेलरोटीसँग पनि जोडिँदै आएको छ। सेलरोटी नेपाली धर्म संस्कार अनुसार नै प्राय बन्ने विशेष परिकार हो। पूजा आजा, विवाह, ब्रतबन्ध, मृत्यु पछिको अन्तिम संस्कारमा सेल रोटी पाक्ने गरेको भएपनि तिहारमा भने सेलरोटीलाई विशेष रुपमा लिने गरेको पाईन्छ।

तिहारमा दिदी बहिनीले सेल रोटी पकाएर दाजु भाईलाई खुवाउने प्रचलन नेपाली समाजमा परम्पराबाट नै चल्दै आएको हो।

कतिपयलाई सेलरोटी खान निकै मनपर्ने भएपनि पकाउन भने गाह्रो मान्दछन्। तर यो तलको विधि अपनाउनु भयो भने सेल रोटी सजिलो तरिकाले बनाउन सकिन्छ । हेर्नुहोस् तलको विधि :

आवश्यक सामग्री

चामल वा चामलको पिठो, चिनी, घ्यु, तेल

विधि :

चामललाई एक रातभरी भिजाउने र अर्को दिन पिस्नुपर्छ । सेलरोटीका लागि थोरै खस्रो पीठो राम्रो मानिन्छ। चामलको पीठोमा घ्यु र चिनी हालेर राम्रोसंग माड्नु पर्छ। धेरै समय भिजाउँदा रोटी नरम र भाँचिने डर हुँदैन।

त्यस्तैगरी तातो पानी थोरै थोरै राख्दै सेलरोटीका लागि पीठो तयार गर्नुपर्छ। पीठो धेरै पातलो या धेरै बाक्लो हुनुहुँदैन। कराई वा राम्रा खालको ताक्केमा तेल तताउनुहोस्।

अब आवश्यक मात्रामा हातले पिठो अड्कलेर तातो तेलमा पिठो खसाल्नुहोस् । जहाँ तपाईलाई हातले गाह्रो लाग्यो भने सोलीले पनि पिठो घुमाएर सेल रोटी बनाउन सक्नुहुनेछ।

अझै जानकारी लिन भिडियो हेर्नुहोस् :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१