कपाल फुलेर अनि झरेर दिक्क हुनुभयो ? यस्ता छन् कपाल सेतो हुन नदिने घरेलु उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७५, शुक्रबार ०६:२४

काठमाडौँ  । हरेक व्यक्ति आफ्नो कपाल कालो चम्किलो होस् भन्ने चाहाना राख्छ । उमेर बढदै गएपछि कपाल सेतो हुनु स्वभाविक हो तर समय भन्दा अगाडी कपाल सेतो भएको छ भने यो चिन्ताको विषय हो । यस्तो अवस्थामा मानिसहरु कपाल सेतो हुन कम गर्न थुप्रै उपाय अपनाउछन् तर कसैले पनि नतिजा दिँदैन । कपाल सेतो हुनुका धेरै कारण हुन् सक्छन् । त्यसैले यदि तपाईं आफ्नो कपाल छिटै सेतो नहोस् भन्ने चाहानु हुन्छ भने यी घरेलु उपाय लाभदायक हुन सक्छन् ।

प्रशस्त मात्रामा पोष्टिक आहार खाउँ – कपालमा केही लगाउनुको राम्रो नतिजा तब आउँछ जब तपाईको आहार पोष्टिक छ । यदि सन्तुलित खानाको मात्रा मिलेन भने पनि कपाल सेतो हुन् सक्ने भएकाले आफनो खानामा विशेष किसिमले ध्यान दिने । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।प्याजको रस पनि लाभदायिक – प्याजको थोरै टुक्रालाई मिक्सरमा राम्रोसँग पिस्ने त्यसपछि त्यसलाई निर्चोने र आएको रसले जरामा मालिस गर्ने । यो हप्तामा दुईपटक सम्म गर्यो भने फाइदाजनक रहन्छ ।

मेहेन्दी र मेथी – मेहेन्दी र मेथी लाई मिसाएर पेष्ट बनाउने र त्यसमा बटर मिल्क वा नरिवलको तेल मिलाएर कपाल मालिस गर्दा एकदम हुन्छ ।तेल लगाउनु एकदम आवश्यक – कपालमा नियमित तेल लगाउनु एकदम फाइदा हुन्छ । नरिवल र बदामको तेल मिलाएर लगाउदा थप फाइदा पुग्छ ।अमला – यदि तपाईको कपाल धेरै छिटो सेतो हुँदैछ भने अमला तपाईंको लागि सबैभन्दा उपयुक्त बस्तु सावित हुन् सक्छ । अमलामा तीलको तेल मिलाएर पेष्ट बनाएर तेस्मा नरिवल तेल पनि मिलाए कपाल मालिस गर्दा सेतो कपाल हुनेहरुका लागि फाइदाजनक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१