कक्षा ९ मा अध्ययनरत सफल सापकोटा र १० मा अध्ययनरत सञ्जोग सापकोटाले ड्रोन बनाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७५, शुक्रबार ०६:१८

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीले ड्रोन बनाएका छन् । कक्षा ९ मा अध्ययनरत सफल सापकोटा र १० मा अध्ययनरत सञ्जोग सापकोटाले ड्रोन बनाएका हुन् । उनीहरु सहोदर दाजुभाइ हुन् ।युट्युबको सहाराले आफूहरुले ड्रोन बनाउन सफल भएको उनीहरुले बताए ।

बिदाको समयमा केही नयाँ प्रयोग गर्न रुचाउने सापकोटा दाजुभाइले घरपरिवारको सहयोगमा ड्रोन बनाउन सफल भएका हुन् । ड्रोनमा रिसिभर, चार वटा गेर बक्स, चार वटा मोटर, एक ब्याट्री र क्यामरा जडान गरिएको छ ।

सानै उमेरदेखि नै प्रविधितर्फ रुचि राख्ने सापकोटा दाजुभाइले रिमोट कन्ट्रोल, हाइड्रोलिक ट्रक, डोजर लगायतका सामग्रीसमेत निर्माण गरिसकेका छन् ।सापकोटा दाजुभाइले आफूले बनाएको ड्रोन विद्यालयमा समेत प्रदर्शन गरिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१