जन्मेको आधारमा स्वत: अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने प्रावधान उल्ट्याउदै ट्रंप

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानको नागरिकतासम्बन्धी अधिकार अन्त्य गर्नेबारेमा सोचविचार गरिरहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार अवैध आप्रवासी र अस्थायी भिसा भएका आमाबाबुका सन्तानले अमेरिकामा जन्मेको आधारमा स्वत: अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने प्रावधान उनी अन्त्य गर्न चाहन्छन्।

बुधबार, कार्तिक १४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री