कस्तो अचम्म ! गर्भावस्थाको यस्तो फाइदा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७५, मंगलवार १२:५९

गर्भावस्थामा महिलाहरुमा केही शारीरिक कठिनाइ आउन सक्छ । उनीहरुको सामान्य दिनचर्या असहज बन्छ । हिँडडुल गर्न, काम गर्न गाह्रो हुन्छ ।

यतिबेला अल्छी लाग्ने, शरीर भारी हुने, चक्कर लाग्ने, खुट्टा सुन्निने हुन्छ । वाकवाकी लाग्छ ।

यद्यपि, आमरुपमा गर्भावस्थाले महिलाहरुमा सकारात्मक परिवर्तन ल्याउँछ । उनीहरुको शरीर र मतिष्क सम्पूर्णरुपमा सकारात्मक उर्जाले भरिन्छ ।

शरीरमा गर्भावस्थाको सकारात्मक प्रभाव

-गर्भावस्थाको अर्थ हो कम मासिकस्राव, जसले गर्दा एस्ट्रोजन र प्रोजेस्टेरोन हार्मोनको सम्पर्क सिमित हुन्छ । यी हार्मोन्स स्तन क्यान्सरको खतरालाई बढाउनका लागि जिम्मेवार हुन्छन् किनकी यिनीहरुले कोशिकाहरुको वृद्धिलाई प्रेरित गर्छन् र महिलालाई स्तन क्यान्सरको खतरा बढ्न सक्छ । साथै गर्भावस्था र स्तनापानको दौरान ब्रेस्ट सेल्समा जुन प्रकारको परिवर्तन आउँछ, त्यसले यिनीहरुलाई क्यान्सर कोशिकाहरुमा बदल्नबाट रोक्छ ।

-गर्भावस्थाका दौरान यौनांग क्षेत्रमा रक्तसञ्चार बढ्छ । प्रसव र डेलिभरीबाट गुजि्रएपछि महिलाले आफूमा नयाँ शक्तिको सञ्चार भएको महसुस गर्छन् ।

मस्तिष्कमा सकारात्मक प्रभाव

-बच्चा हुनाले ओटोइम्यून डिसअर्डर्स् जस्ता मल्टिपल स्केलोसिस हुने खतरा कम हुन्छ ।

-गर्भावस्थाले सकारात्मक व्यवहार लिएर आउँछ र महिलाहरुलाई मजबुत बनाउँछ । यसले गर्दा जीवनमा आउने परिवर्तनहरुसँग लड्न सजिलो हुन्छ । साथै नकारात्मक सोच एवं चिन्ताहरुबाट पनि टाढा राख्छ ।

शिशु जन्मिएपछि सकारात्मक प्रभाव

-अधिकांश महिलाहरुले पहिलो बच्चाको जन्मपछि उनीहरुको मासिकस्रावसँग जोडिएका समस्याहरु निकै कम भएको महसुस गर्छन् ।

-प्रसवपछि अधिकांस महिलाहरुको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउँछ र उनीहरु मदिरा, धुम्रपानजस्ता कुलतहरुबाट टाढा बस्छन् ।

-एक आमा आफ्नो बच्चालाई हेरेर खुशी र उत्साहमा डुबुल्की मार्छिन् । जब आमा आफ्नो बच्चालाई काखमा लिन्छिन् वा उसलाई स्तनपान गराउँछिन्, अक्सिटोसिन हार्मोनले यो गहिरो सम्वन्धलाई जोड्न अहम् भूमिका निभाउँछ । यो निकै शक्तिशाली हुन्छ जसको कारणले कसैले पनि केही घन्टा वा केही दिनका लागि सम्पूर्ण चिन्ताहरुलाई भुलिदिन्छ ।

-शिशु जन्मिएपछि महिलाको त्वचा चमकदार र कपाल चम्किलो हून्छ । साथै कोठी वा डण्डीफोरको समस्याबाट पनि छुट्कारा दिलाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०