दाँत पहेंलो भयो ? यो उपाय अपनाउनुहोस् … चम्किछ दाँत !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७५, मंगलवार १२:५८

काठमाडौं । मानिसको व्यक्तित्वलाई मुस्कान तथा हाँसोले आकर्षक बनाउँछ । मुस्कान तथा खुलेको हाँसोले सकारात्मक ऊर्जाको प्रवाह गर्छ । मुस्कान तथा खुलेको हाँसो तब राम्रो हुन्छ, जब दाँत सुन्दर देखिन्छन् । दाँत नमिलेको हुनु, पहेंलो हुनु आदि कारणले मानिसहरु खुलेर हाँस्न सकिरहेका हुँदैनन्।

दाँतको पहेंलोपना हटाउनको लागि विभिन्न विधिहरु बजारमा उपलब्ध हुन्छन् । तर ती विधिहरु खर्चालु हुन्छन् भने दाँतलाई नकारात्मक असर गर्ने पनि हुन्छन् । यस्तो अवस्थामा घरेलु विधिलाई अपनाउन सकिन्छ । घरेलु विधिमा आफ्नो घरमा सहजै पाइने सामानहरुको प्रयोग गर्न सकिन्छ भने कम खर्च पनि हुन्छ।

घरेलु विधिले दाँतलाई नकारात्मक असर गर्दैन । यस विधिलाई आफूले चाहेको समयमा कसैको सहयोग बिना नै प्रयोग गर्न सकिन्छ। दाँतको सफाई तथा मजबुतीको लागि बजारमा थुप्रै दन्त मन्जन उपलब्ध छन् ।

ती मध्ये आयुर्वेदिक दन्त मन्जनलाई पहेंलो दाँतलाई सेतो बनाउनको लागि प्रयोग गर्न सकिन्छ । उक्त दन्त मन्जनमा बेकिंग पाउडर र कागतीको रस राखेर मिलाउनुपर्छ । एक पटक प्रयोग गर्नको लागि थोरै, चनाको एउटा दाना जति नै मन्जन निकाल्नुपर्छ र त्यसमा त्यति नै बेकिंग पाउडर र थोरै कागतीको रस मिलाउनुपर्छ ।

यो घरेलु विधिले बनाएको पेस्टलाई बुरुसमा लगाएर दाँत माझ्नुपर्छ र अरु बेला दाँत माझे जसतै नै गरि कुल्ला गर्नुपर्छ । एक पटकको प्रयोगले नै सान्त सेतो र चम्किलो देखिन्छ । यो पेस्टलाई हरेक दिन प्रयोग गर्दा दाँतमा झंझनाहट हुनसक्छ । त्यसैले यो घरेलु विधि हप्तामा बढीमा दुई पटक मात्र प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१