खाली खुट्टा हिड्नुका यस्ता महत्वपूर्ण फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७५, मंगलवार १२:५५

एजेन्सी । सामान्यतया मानीसहरु खाली खुट्टा दौडिन त के हिड्न समेत डराइरहेका हुन्छन् । तर मान्छेको स्मरण शक्ती बढाउनको लागी खाली खुट्टा दगुर्नु एकदमै फाईदाजनक रहेको तथ्य पत्ता लागेको छ।

एक नयाँ सोधका अनुसार यस्तो तथ्य फेला परेको हो । हामीलाई आफ्नो दैनीक जिवनमा स्मरणशक्ती बलीयो हुन जरुरी पर्दछ । यदि तपाईको स्मरण शक्ती बलीयो छ भने हरेक समयमा यसको फाइदा उठाउन सकिन्छ।

अनुसन्धानमा सम्मिलीत एक अमेरिकी विश्वविधालय नार्थ फ्लारिडाले गरेको अध्ययनबाट यो जानकारी पाईएको हो । अध्ययनमा जसले स्मरण शक्ती बढाउने तरिका खोजिरहेकाहरुमा यस्तो तरिका अपनाईएको थियो । खाली खुट्टा हिड्नाले हाम्रो स्मरणशक्ती करिब १६ प्रतिशतको दरले बढ्दै गएको पत्ता लगाइएको थियो।

उक्त विश्वविधालयका अनुसार “खाली खुट्टा हिड्ने क्रममा हामी खुट्टाको सञचालनमा एकदमै ध्यान दिएर चलाइरहेका हुन्छौ, जस्तो की हाम्रो खट्टा कही दायाँबायाँ नजाओस, वा गलत ठाउमा नपरोस भनेर । यसैगरी हरेक दिन खाली खुट्टा दौड्नाले हाम्रो मस्तीष्कलाई एकदम ध्यान दिनुपर्ने हुन्छ । त्यसैले हाम्रो स्मरणशक्ती बलीयो हुदै जान्छ।”

हरेक दिनको मर्निङ वाकमा जुत्ता, चप्पल लगाएर दौडिनु भन्दा खाली खुट्टा दौडिनुभयो भने स्मरणशक्ती बढ्ने तथ्यले देखाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१