नमिलेका ब्रा लगाउँदा शरीरमा आउछ यस्तो समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७५, मंगलवार १२:५२

अधिकांश महिलाले विचार नै नपु¥याईकन ब्रा किन्ने गर्छन् । ब्राकै कारण शरीरमा असहज भयो भनेर पनि त्यति चासो देखाउँदैनन् वा औषधिउपचार गर्र्र्दैनन् । बरु पीडा सहन्छन् । विज्ञहरुका अनुसार फिटिङ नमिलेको ब्राले महिलाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको हुन्छ । आफूलाई फिट नहुने ब्रा लगाउँदाका बेफाइदा :

यदि तपाईको काँधमा नीलो डाम वा छाला कोतरिएको छ भने निश्चय नै तपार्इंले आफूलाई नमिल्ने ब्रा लगाउनुभएको छ । यस्तो अवस्थामा तपार्इंमा संक्रमण (फन्गल इन्फेक्सन)को खतरा हुन्छ ।

स्तनको आकार मिलाउन वा स्तनलाई आकर्षक ढंगले सजाउन ब्रा लगाइन्छ । फिट नभएको ब्राले तपाईंको स्तनलाई अड्याउँदैन, जसका कारण घाँटी र पछाडिको मांसपेशीमा अनावश्यक दबाब पर्न जान्छ । यसले घाँटीमा हुने रक्तप्रवाहलाई रोकिदिनुका साथै साथै तपाईंको घाँटीको मांसपेशीमा बढी भार पर्दा टाउको दुख्ने गर्छ ।

नमिलेको वा बढी कसिलो ब्राले छाती वरपरको भागमा डाम बसाल्नुका साथै श्वास फेर्नसमेत कठिनाइ हुन्छ ।

कहिलेकाहीँ पाखुरामा पिनले घोचेजस्तो सेदना त महसुस गर्नुभएको छैन ? यदि हो भने यो सबै फिट नभएको ब्राको परिणाम हो ।

नमिलेको ब्रा लगाउँदा छातीका दुई ठूला मांसपेशीमा हुने दबाबले रक्तप्रवाहमा समस्या ल्याउँछ ।

ब्राले कहिलेकाहीँ तपाईंको शरीरको अवस्था र स्वरुपमा पनि प्रभाव पार्छ । नमिलेको ब्रा लगाउँदा तपाईंको कुम कुप्रो परी शरीरको आकृति नै बिग्रेको देखाउँछ ।

सुन्दा अचम्म लाग्न सक्छ तर कतिपय अवस्थामा तपार्इंले लगाएको असन्तुलित ब्राले पेटमा गडबडी हुनुका साथै बारम्बार पेट दुख्ने र पखालासमेत लाग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१