पोखराको गाई गोठमा आगलागी, १६ गाई मरे, ४ गम्भीर

पोखरा,-मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिनुभयो । गोठमा ३४ गाई थिए ।

मङ्लबार, कार्तिक १३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री