यसरी गर्नुस् छालाको स्यहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७५, सोमबार ०४:५९

हामी सबै चाहान्छौं हाम्रो छाला सधैँ सुन्दर र आकर्षक होस् तर चाहानाले मात्रै यस्तो सम्भव हुँदैन । अहिले छालाका विभिन्न प्रकारका रोग देखा परेका छन् । उमेरअनुसार छालाको प्रकृति फेरिँदै जान्छ । त्यसैले छालालाई सुन्दर र सफा राख्नलाई स्याहार गर्नैपर्छ ।

पछिल्लो समय छालाको स्याहार गर्न धेरै व्युटी पार्लरहरु सञ्चालनमा आएका छन् । धेरै छाला रोग विशेषज्ञ पनि यसको बारेमा खोज र अनुसन्धान गरिरहेका छन् ।

पाँच दशकको उमेर कटिसकेपछि छालाको चमक कायम राख्न धेरै गाह्रो हुन्छ । यो उमेरमा छालामा धेरै दाग देखिन थाल्छ । यसका लागि कोजिक एसिडको प्रयोग गर्नुपर्छ । यो एसिड हामीले च्याउमा प्राप्त गर्न सक्छौं । यो प्रयोग गर्नु सबै उमेरमा उत्तम हुन्छ । बजारमा च्याउ र अनारको रस मिश्रित एन्टिएजिङ क्रिम पाइन्छ । यो उमेरमा जैतुन, सोयाबिन, अनारको सेवन गर्नु राम्रो हुन्छ । छाला खुम्चिनबाट जोगाउन गुणस्तरीय मस्चराइजरको प्रयोग गर्नुपर्छ ।

छालाको स्याहार छालाको सुरक्षाका लागि मौसम अनुसार फरक–फरक क्रिम तथा प्रसाधनको प्रयोग गर्नु राम्रो मानिन्छ । जाडोमा बढी सुख्खा हुने भएकाले छालालाई फाइदा गर्ने गुणस्तरीय सामाग्रीको प्रयोग गर्नुपर्छ ।

सोझै पसलमा गएर आफैँ जथाभावी किन्नुभन्दा छाला तथा सौन्दर्यविद्को सल्लाह लिनु उपयुक्त हुन्छ । मौसम अनुसार यस्ता प्रसाधनहरु नियमित प्रयोग गर्नु उपयुक्त हुन्छ ।

छालाका सुरक्षा कसरी गर्ने ?

टिनएजरको उमेरमा कुनै पनि केमिकल प्रयोग नगर्ने,
प्रशस्त पानी पिउने, धुम्रपान, मद्यपान त्याग्ने, तनाव मुक्त रहने र सन्तुलित आहार सेवन गर्ने,
बेलुका सुत्नुअघि चिसो पानीले अनुहार धोएर मोश्चराइजर क्रिम लगाउने,
घाममा निस्कनुअघि सन प्रोटेक्सनको प्रयोग गर्ने, दिउँसो १० देखि २ बजेसम्मको घाममा सकभर ननिस्कने वा निस्कनु परे छाता, टोपी तथा सलले छालालाई छोप्ने,
हरेक दिन बिहान सफा पानीले मुख धोएर मोश्चराइजर क्रिम प्रयोग गरी सन प्रोटेक्सन क्रिम लगाउने,
नुहाउनुअघि कपालको सुन्दरताका लागि तेलले मालिस गर्ने र नुहाएपछि बडिआयल लगाउने,
हात, गोडा, ओठ र अनुहारको छाला ज्यादै पातलो, नरम र संवेदनशील भएकाले जाडो मौसममा फुट्नबाट बचाउन मुलायम पार्ने लिप क्रिमको प्रयोग गर्ने,
हर्बलअन्तर्गत अदुवा, बेसार, पुदिनाको पात, मह तथा काँक्राको प्याक पनि लगाउने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१