काठमाडौं–पोखराको जहाज भाडा १५ सय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०७५, आईतवार १२:३२

काठमाडौं। बसको सुविधाअनुसार काठमाडौंबाट पोखरा पुग्न सात सयदेखि दुई हजार रुपैयाँसम्म भाडा लाग्छ। तर, हवाईजहाजको भाडादर १५ सय रुपैयाँ भएको छ।

निजी क्षेत्रका यती एयरलाइन्स र बुद्ध एयरले १५ सय रुपैयाँ भाडामा काठमाडौंबाट पोखरा यात्रु लग्न थालेका छन्। तीन दिनअघिबाट सस्तो दरमा उडान थालेका एयरलाइन्सले अझै केही दिन सोही भाडादर कायम रहने जनाएका छन्।

जहाजबाट पोखरा जाने यात्रुको चाप घटेसँगै भाडा घटाएका हुन्। पोखराबाट काठमाडौं आउन भने तोकिएकै भाडा ५२ सय रुपैयाँ लाग्छ।

बुद्ध एयरले पनि काठमाडौं–पोखराको भाडा घटाएको छ । उसले यात्रु संख्या हेरेर उडान र दिन अनुसार भाडा तोक्ने गरेको छ । बुद्धका बजार प्रमुख रुपेश जोशीका अनुसार शुक्रबारको पहिलो उडानमा बुद्धले पनि १५ सय रुपैयाँ भाडा तोकेको थियो।

यती र बुद्धले पोखरालाई प्रमुख गन्तव्य मानेर दैनिक दर्जन हाराहारी उडान गर्छन् । दसैंपछि पोखराबाट काठमाडौं आउनेको चाप भए पनि पोखरा जानेको संख्या कम छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१