रोनाल्डो चम्कदा युभेन्टसले इम्पोलीलाइ हराउन सफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०७५, आईतवार १२:१६

शनिबार राति इटालियन ‘सिरी ए’ फुटबल खेलमा लिग लिडर युभेन्टसले इम्पोलीलाइ हराउदै सानदार जित हासिल गरेको छ । उक्त खेलमा स्ट्राइकर क्रिष्टियानो रोनाल्डो चम्कदा युभेन्टसले २–१ को जित निकाल्न सफल भएको हो । युभेन्टसका लागि स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले २ गोल गरे भने इम्पोलीका फ्रान्सिस्को क्यापुटोले एक गोल फर्काए ।उक्त खेलमा २८ औं मिनेटमा क्यापुटोले गोल गरी इम्पोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछी खेलको ५४ औं मिनेटमा युभेन्टस स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गोल गरी खेललाइ बराबरीमा पुर्याए । त्यसपछि खेलको ७० औं रोनाल्डोले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए ।जारी सिरी ए मा २८ अंक जोडेर युभेन्टस शीर्ष स्थानमा छ । भने १ खेल कम खेलेको नेपोलीको २१ अंक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१