नायिका रवीना टन्डनः जो बिहेअगावै दुई बच्चाकी आमा थिइन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०७५, शनिबार ०५:१४

एक जमानामा बलिउडकी चल्तापुर्जा नायिकामा पर्थिन् रवीना टन्डन । बिहे गरेपछि भने उनी सेलाइन् । ९० को दशकमा रवीनाकहाँ फिल्मको अफर लिएर पुग्ने निर्माता-निर्देशकको ताँती हुन्थ्यो । ‘मस्त मस्त गर्ल’ भनेर चिनिने उनी रोमान्टिक भूमिकामा खुब खुल्थिन् ।

सेड्यूल मिलाउन नसकेर उनले थुप्र्रै ठूला ब्यानरमा फिल्म पनि छोडेकी छन् । करण जौहरको फिल्म ‘कुछकुछ होता है’ मा रानी मुखर्जीले खेलेको रोलका लागि सुरुमा रविनालाई अफर गएको थियो । तर, उनले अस्वीकार गरेकी थिइन् ।

यसैगरी ‘दिल तो पागल है’ पनि उनले रिजेक्ट गरेको फिल्म हो । यश चोपडाले निर्देशन गरेको यो फिल्म सुपरहिट भएको थियो । यो फिल्ममा उनलाई करिश्मा कपुरले गरेको रोलका लागि अफर आएकोमा उनले रोल चित्त नबुझेर अस्वीकार गरेकी हुन् ।

लामो समयसम्म रविनाको नाम नायक अक्षयकुमारसँग जोडियो । उनीहरुले बिहे गर्ने चर्चा पनि चलेको थियो । तर, अक्षय एक साथ तीन नायिकाहरुसँग रिलेसनपमा थिए । त्यो थाहा पाएपछि रवीना उनीसँग अलग्गिएकी थिइन् ।

अक्षयसँग छुट्टएिपछि उनले व्यापारी अनिल थडानीसँग सन् २००४ मा बिहे गरिन् । अनिलकी उनी दोस्रो पत्नी थिइन् । उल्लेखनीय के छ भने रवीना विवाहपूर्व नै दुई बच्चाकी आमा बनिसकेकी थिइन् । तर, ती बच्चा उनी आफैले पाएको नभएर गोंँद लिएकी हुन् । अनिलबाट पनि उनका थप दुई सन्तान भए । चार सन्तान हुर्काउने क्रममा उनी लामो समय फिल्म इन्डष्ट्रीबाट टाढिइन् । केही रियालिटी शोहरुमा जज बनिन् ।

केही समयअघि मात्रै उनले बलिउडमा कमब्याक गरेकी छन् । तर, उनको प्रमुख भूमिका रहेको फिल्म ‘मातृ’ फ्लप भयो । समिक्षकले भने फिल्मको प्रशंसा गरेका थिए ।

यिनै अभिनेत्री रविना आज आफ्नो ४५ औं जन्मदिन मनाउँदैछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०