छोरीको जन्मदिनको अवसरमा सांसदले दिए छात्रवृत्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०७५, शनिबार ०५:००

काठमाडौँ । प्रदेश नं ३ का सांसद रामेश्वर फुँयालले छोरी युना फुँयालको जन्मदिनका अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ ।

सांसद फुँयालले जन्मदिनको अवसरबाट सङ्कलित रकम कागेश्वरी मनोहरा–१ मा सञ्चालित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १०/१० हजार छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

यसैगरी निवन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई समेत जन्मदिनको अवसरमा सङ्कलित भएको रकम प्रदान गरिएको छ । कागेश्वरी मनोहरा वडा नं १, २ र ३ का चार सामुदायिक विद्यालयबीचको प्रतियोगितामा सहभागी दुई विद्यार्थीलाई नगद रु पाँच हजारका दरले पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१