नेता मदन भण्डारीको नाममा विश्वविद्यालय खोल्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०७५, शुक्रबार ०४:५८

काठमाडौँ । सरकारले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)  का नेता मदन कुमार भण्डारीको नाममा विश्वविद्यालय खोल्ने भएको छ।सरकारले ‘मदन भण्डारी प्राद्यौगिक विश्वविद्यालय’ स्थापना गर्ने विधेयक मस्यौदा गरिसकेको छ।

मन्त्रिपरिषद्ले आगामी संसद् अधिवेशनमा विधेयक पेस गर्दै छ । ‘मदन भण्डारी प्राद्यौगिक विश्वविद्यालय स्थापनाका निम्ति मन्त्रिपरिषद्बाट विधेयक तयार गर्न सैद्धान्तिक सहमति लिई मस्यौदा तयार भइसकेको छ,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘अब विधेयक मन्त्रिपरिषद् हुँदै शिक्षा समितिमा जान्छ। त्यसपछि आउँदो संघीय संसदको अधिवेशनमा पेस हुन्छ।’

विधेयक पारित भई ऐन बनेपछि विश्वविद्यालय स्थापना हुनेछ। पोखरेलले विश्वविद्यालय स्थापना प्रक्रिया शिक्षा मन्त्रालयबाट तीव्र गतिमा अघि बढाइएको जानकारी दिए। उनका अनुसारउक्त विश्वविद्यालय कहाँ खोल्ने, कस्तो प्रकृतिको हुने भन्नेबारे गृहकार्य भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१