नियमित सेक्सले अझै सुन्दर बनाउँछ, यी हुन् ५ कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०७५, शुक्रबार ०४:४३

एजेन्सी । रातो गाला, चम्किलो छाला र त्यो गुलाबी रसिलो ओठ, कल्पना गर्नुहोस् यी सबै कुराहरु पाउन पार्लरमा तपाईले कति खर्च गर्नुपर्ला । यति कुराहरु पाउन एउटा महिलाले हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । तर एउटा यस्तो स्वभाविक उपाय छ जसले तपाईलाई सुन्दर देखाउने छ, त्यो पनि फ्रिमा । अध्ययनहरुले देखाएका छन् कि नियमित रुपमा गरिने स्वस्थ यौन सम्बन्धले शरीरमा रहेका विभिन्न राम्रा हर्मोनहरुको उत्पादन बढाउँछ, जसले छालालाई नरम तथा चम्किलो बनाउँछ । एक स्कटिस अध्ययनका अनुसार हप्तामा तीन पटक मात्रै स्वस्थ यौन सम्बन्ध राख्नाले चार वर्षको अन्तरालमा अझै जवान देखिनेछ । रोचक छ नि, हैन त? त्यसो भए अब कल्पना गर्नुहोस् दैनिक रुपमा राखिने स्वस्थ यौन सम्बन्धले कति फाइदा गर्ला ? यी हुन् नियमित सेक्स गर्नाका ५ फाइदाः

१. प्राकृतिक चमक
सुन्दरताको लागि प्राकृतिक चमक भन्दा आकर्षक अरु केही पनि छैन भन्ने कुरामा सायद तपाईहरु सबै विश्वास गर्नुहुन्छ होला । वास्तवमै नियमित सेक्सले तपाईको भित्रदेखिकै चमकलाई बाहिर ल्याउँछ । सेक्सको बेलामा निस्कने पसिनाले छालामा रहेका छिद्रहरुलाई सफा गर्छ र छालालाई चम्किलो बनाउँछ । सेक्सको बेलामा स्वतः छालामा निस्कने लिनोलिक जस्ता चिल्लो पदार्थले छालालाई मोस्चराइज गर्दछ । नियमित सेक्सले शरीरमा टेस्टेस्टोरेन तथा ओस्ट्रोजिनजस्ता हर्मोनको उत्पान बढाउँछ, जसले तपाईको अनुहारलाई जवान र चम्किलो बनाउँछ । यहि कारणले नै महिलाहरुको मुहारमा बिवाहपछि निखारता आउँछ ।

२. युवापनको मुल
बजारमा पाइने अनेक थरी क्रिमहरुलाई भुल्नुहोस्, सेक्सले तपाईलाई ७ वर्ष जवान देखाउँछ । क्लिनिकल न्यूरोसाइकोलोजिस्ट डेभिड विक्सले गरेको एक अध्ययनका अनुसार नियमित सक्रिय रुपमा सेक्स गर्ने वयस्क मानिसहरु उनीहरुको वास्तविक उमेरभन्दा ५ देखि ७ वर्ष कम उमेरका देखिन्छन् । क्लिनिकल न्यूरोसाइकोलोजिस्ट विक्सले भनेका छन्, सेक्सबाट युवापनको फाइदा लिनको लागि दैनिक रुपमा सेक्स गर्नुपर्छ भन्ने छैन । मात्राभन्दा गुणस्तर महत्वपूर्ण कुरा हो । यदि कुनै यौन सम्बन्ध नियमित काम जस्तो भन्दा पनि आरामदायी, आनन्दायी तथा मायालु भएमा यसबाट एन्टी एजिङ (उमेर नबढ्ने) गुण बढि मात्रामा लिन सकिन्छ । महिलाहरुमा छाला चाउरिने समस्या बढ्नुको कारण नै शरीरमा एस्ट्रोजिन हर्मोनको उत्पादन कम हुँदै जानुु हो ।

३. चरम आनन्दको महसुस
सेक्स एउटा त्यस्तो कृयाकलाप हो जसले दिमागलाई एकै समयमा उत्तेजित र शान्त पार्दछ । सेक्सको समयमा शरीरले प्राप्त गर्ने आनन्दले शरीरमा अक्सिजनको मात्रालाई बढाउँछ, जसले हरेक कोषहरुलाई आराम दिन्छ । सक्रिय सेक्स जिवनले तपाईको मुडलाई शान्त राख्दछ । यौन विशेषज्ञहरुका अनुसार यो तपाईको नित्यकर्म भित्र पर्न आवश्यक छ ।

४. चम्किलो र आकर्षक कपाल
कपालमा देखिने रुखोपनाको समस्याले धेरैलाई सताएको हुनसक्छ । सेक्सको कारणले तपाईको कपाल प्राकृतिक रुपमा मोस्चराइज भई चम्किन थाल्छ । हरेक कपालमा मसिना रक्तकेशिकाहरु जोडिएका हुन्छन् । र सेक्सले तपाईको शरीरमा रक्तसञ्चारलाई आश्चर्यजनक तरिकाले सुधार गर्दछ । त्यसैले जति राम्रो रक्तसञ्चार हुन्छ त्यतिनै कपालले पोषण पाउँछ । सेक्सको बेलामा निस्किने हर्मोनले नङलाई पनि बलियो बनाउँछ ।

५. ओजन घटाउँछ
सेक्सले वास्तवमै पातलो बनाउँछ या बनाउँदैन भन्ने कुरा एउटा विवादको रुपमा रहेको छ । यस सम्बन्धी थुप्रै अनुसन्धानहरु भएका छन् जसले कुनलाई विश्वास गर्ने भन्नेमा प्रश्न उठेको छ । त्यसैले यहाँ हामीले कुनै अनुसन्धानलाई भन्दा प्रयोगात्मक तथ्यलाई पेश गर्न गइरहेका छौँ । एकजना यस्तो महिला छिन् जसले यो विषयमा प्रयोग मात्रै नगरी यसको नतिजाको बारेमा एउटा पुस्तक समेत लेखेकी छन् । ‘द अल्टीमेट सेक्स डाइट’ नामक पुस्तककी लेखिका केरी मेकक्लोस्कीले आफ्नो सेक्सकै कारण ६ महिनामा २३ पाउण्ड अर्थात साढे १० केजी तौल घटेको बताएकी छिन् । ‘म पहिले भन्दा निकै स्वस्थ र खुसी छु’, उनले पुस्तकमा भनेकी छिन्, ‘सेक्स एउटा यस्तो डाइट हो जुन म कहिल्यै छोड्दिन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०