एउटा यस्तो स्कूल जहाँ क्लासवर्क र होमवर्कमा व्यवहारिक रुपमै सेक्स सिकाइने स्कूल !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७५, बिहीबार ०५:५०

अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कूल छ, जहाँ विद्यार्थीहरुलाई व्यवहारि रुपमै सेक्स गर्न सिकाइन्छ ।

बिगत केही वर्षदेखि सञ्चालनमा रहेको उक्त स्कूलको नाम ‘भियना सेक्स स्कूल’ हो । स्कूलका अनुसार यहाँ विद्यार्थी भर्ना गरी सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ ।

उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ ।

यस स्कूलमा युवायुवती मात्र भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ ।

यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो ।

स्कूलका संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उद्देश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१