विवाहपछि खुसी रहन अपनाउनुहोस् यी तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७५, बुधबार ०४:५५

धेरै नेपालीले बिहेका लागि मंसिर महिना कुरेर बसेका हुन्छन्। यसै पनि मंसिर लगनको महिना हो। मंसिर सुरु भएसँगै प्रत्येक दिन नवजोडीका फोटोले ‘फेसबुक वाल’ रंगिइरहेका छन्। उसो भए बिहेपछिको जीवन कसरी खुसी र मजबुत बनाउने त ? एक सामग्री :

-जीवनभरि साथ दिने भन्दै विवाह गरिन्छ। त्यसैले विवाहपछिको जीवनलाई सुखद बनाउनका लागि एकले अर्कालाई बढीभन्दा बढी समय दिन आवश्यक हुन्छ। पति-पत्नीले एक-अर्कासँग बिताएको समयले एक-अर्कामा खुसीको सञ्चार गर्छ।

-विवाहपछि विभिन्न समस्या आउन सक्छन् । र, ती समस्यालाई सुल्झाएर अगाडि बढ्नुको विकल्प हुँदैन । त्यसैले एक–अर्कासँग सल्लाह गरेर समस्या समाधानको खोजी गर्न आवश्यक हुन्छ।

-करिअर सफल हुनुलाई दाम्पत्य जीवन सफल भएको मानिदैन । त्यसैले, हरेक काम गर्दा पति–पत्नीबीच सौहार्दताको भाव विकास गर्दै एक–अर्कालाई सम्झाउने, सल्लाह गर्ने गर्नुपर्दछ ।

-कतिपय अवस्थामा पति-पत्नीबीच फरक मत र विचार हुन सक्छ । जुन कुरा विवाहपूर्व दुवैलाई थाहा हुँदैन । यस्ता विषयले सौहार्दताको वातावरण खल्बल्याउन सक्छ । त्यसैले, विवाहपछि एक-अर्काको सोच र विचारलाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ ।

-जिम्मेवारी निर्वाहले मात्र विवाहको गरिमालाई बचाइराख्दैन । त्यसैले, घुम्न जाने, सप्र्राइज पार्टी दिने वा आफ्नो पार्टनरलाई जे मन पर्छ, त्यस्ता गतिविधि गर्दा सम्बन्ध अझ मजबुत बन्दै जान्छ ।

-सबैभन्दा महत्वपूर्ण कुरा के भने आफ्नो पार्टनरलाई कहिल्यै पनि दुव्र्यवहार गर्नु हुँदैन। एक्लै हुँदा गल्तीको महसुस गराउने गतिविधि गर्दा सम्बन्धमा दरार उत्पन्न हुन सक्छ।

-कुनै साथीको आवश्यकतामा घरबाहिर बस्न, हरेक समय काममा मात्र केन्द्रित हुनु पनि हुँदैन। यस्तो गतिविधिले एक-अर्काप्रति असमझदारी उत्पन्न हुन सक्छ।

-कम्तीमा वर्षको दुई–चारपटक जीवनसाथीसँग केही दिनका लागि घुम्न निस्कनु राम्रो हुन्छ । यसरी घुम्न निस्कँदा एक त जीवनमा यादगार क्षणहरू थपिँदै जान्छन् र एक–अर्काबीचको सम्बन्ध अझ मजबुत बन्दै जान्छ, अर्को जीवनसाथीले खुलेर मनको कुरा व्यक्त गर्ने अवसर पाउँछन्।

-शारीरिक सुखले मात्र सम्बन्धलाई घनिष्ठ गराउँदैन । त्यसैले शारीरिक सम्बन्धमा भावना पनि जोडिन आवश्यक हुन्छ।

-कहिल्यै पनि जीवनसंगिनीलाई एकलव्य र असहायको अनुभूति गराउनु हुँदैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१