सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो : वामदेव गौतम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७५, आईतवार ०५:०४

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमको सांसद बन्ने इच्छाका कारण उत्पन्न विवाद अन्त्य हुने अवस्थामा पुगेको छ । तर, गौतमले यो विवादलाई अन्त्य गर्न चाहेका छैनन् ।

स्रोतका अनुसार गौतमले आफूलाई पार्टीभित्र असहयोग भएका कारण समस्या आएको बताउन थालेका छन् । ललितपुरको भैँसेपाटीस्थित निवासामा आफूलाई भेट्न आउने नेता तथा कार्यकर्तासँग गौतमले पूर्वएमालेभित्रका नेताहरूले काठमाडौं ७ मा उम्मेदवार बन्न रोकेको बताउने गरेका छन् ।

‘वामदेव गौतमज्यू पूर्वएमालेका नेताहरूसँग आक्रोशित हुनुहुन्छ’, गौतमलाई निवासमा भेट्न पुगेका एकजना युवा नेताले भने, ‘सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो ।’

पूर्वएमालेप्रति आक्रामक देखिएका नेता गौतम पूर्वमाओवादी केन्द्रका नेताहरूसँग भने लचक देखिएका छन् । माओवादी नेताहरूले आफूलाई सहयोग गरेको उनको बुझाइ छ ।

आफूलाई सांसद बन्नबाट रोकेको बताउने गरेका गौतमले यो कुरालाई दीर्घकालसम्म उठाएर सरकार र पार्टीभित्र समस्या उत्पन्न गर्ने हुन् कि भन्ने धेरैको आशंका छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१