दसैंमा घर र डेरा सुरक्षा प्रहरीले लिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०७५, मंगलवार ०९:१६

काठमाडौं । घरकोठामा ताला लगाएर दसैं मनाउन उपत्यका छोड्दै हुनुहुन्छ भने एक पटक प्रहरीलाई जानकारी गराउन नबिर्सनुहोस् । सुरक्षाको चिन्ता छ भने नजिकैको प्रहरी इकाइमा जानकारी गराए तपाईंको घरको सुरक्षा प्रहरीले गर्नेछ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंका लागि राजधानीबाट बाहिरिनेका घर तथा डेराको सुरक्षाका लागि भन्दै आफ्ना मातहतका निकायलाई असुरक्षित मानिएका घरको सूचना लिन निर्देशन दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले राजधानीबाट बाहिरिँदा आफ्ना घर वा डेरा असुरक्षित महसुस भए प्रहरीलाई सूचना दिन आग्रह गरे ।

उनले आफू मातहतका सबै इकाइमा असुरक्षित मानिएका घरको सूचना संकलन गर्न निर्देशन गरिएको बताए । परिसरले सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, मठमन्दिर र गुम्बा रहेको स्थानमा सुरक्षा जोखिम रहने भन्दै त्यस्ता क्षेत्रलाई विशेष निगरानीमा राखिएको बताएको हो । त्यस्तै, वित्तीय संस्था, आर्थिक कारोबार हुने क्षेत्र, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार हुने ठाउँ र भीडभाड हुने अन्य क्षेत्र, सरकारी कार्यालय, काठमाडौं प्रवेश गर्ने नाका, होटल, गेस्टहाउस र भीआईपी आवतजावत हुने स्थानमा पनि सुरक्षा जोखिम रहने प्रहरीको आँकलन छ ।

दसैं, तिहार तथा छठका लागि भन्दै महानगरीय प्रहरी परिसरले काठमाडौंको सुरक्षा कडा बनाएको हो । परिसर काठमाडौंले विभिन्न १४ शीर्षकमा चाडबाड लक्षित विशेष सुरक्षा योजनासहित ३ हजार ५३५ प्रहरी परिचालन गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१