नेपालमै खुल्यो क्याननको शाखा

anis.shahi20@gmail.com' anish shahi
२६ आश्विन २०७५, शुक्रबार ०८:३२

काठमाडौँ  । क्याननका लागि आधिकारिक बिक्रेता प्रोम्याक्स इन्टरनेशनलले थप सेवा दिने उद्देश्यले शाखा नेपालमा विस्तार गरेको छ । सिङ्गापुरमा उत्पादित क्यानन इमेज स्क्वायरको शाखाको आज नेपालका लागि क्याननका निर्देशक एलेक्स चानले उद्घाटन गर्नुभयो ।कम्पनीले सेवाग्राहीको फोटोग्राफीसम्बन्धी चाहनालाई पूरा गर्ने उद्देश्यले सो शाखा स्थापना गरिएको जनाएको छ । कम्पनीबाट उत्पादित क्यामेराले सेवाग्राहीलाई आफ्ना महत्वपूर्ण क्षणलाई कैद गरी स्मरण गर्न मद्दत पुर्याउनुका साथै प्रयोगात्मक अनुभूति दिलाउने क्याननले जनाएको छ ।क्यानन कम्पनीका क्यामेरा विगत २५ वर्षदेखि नेपालमा बिक्री हुँदै आएको छ । कम्पनीले आज प्रेस विज्ञप्तिमार्फत कम्पनीको विस्तारबारे जानकारी गराएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०