शिल्पा शेट्टी : “मेरो घरमा आएर रोएका थिए सलमान खान”

anis.shahi20@gmail.com' anish shahi
२५ आश्विन २०७५, बिहीबार १५:५१

चर्चित अभिनेत्रि शिल्पा शेट्टीले पहिलोपटक एक नौलो खुलासा गरेकी छन् । बलिउडका धेरै फिल्ममा सलमान र अभिनेत्रि शिल्पाले सँगै काम गरेका छन् ।उनीहरुबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो । यसबारे शिल्पाले अहिले आएर आफ्नो कुरा सार्वजनिक गरेकी हुन् ।अभिनेत्रि शिल्पाले सलमानको तारिफ गर्दै भनेकी छन् ‘म र सलमान राम्रो पारिवारीक साथी हौँ । म कहिल्यै पनि सलमानसँग डेटमा गएकी छैन । सलमान धेरै राम्रो व्यक्ति हुन् ।’ बुवाको मृत्यु पश्चात आफ्नो घरमा सलमान आएको क्षण सम्झँदै शिल्पाले भनिन्, ‘मलाई राम्रोसँग याद छ कि जब सलमान मध्यरातमा मेरो घरमा आउँथे तब उनी मेरो बुवासँग बस्थे ।दुवैजना एकसाथ बसेर रमाइलो कुराकानी गर्थे र कहिलेकाँही एकदुई पेग पनि शेयर गर्थे । जब मेरो बुवाको निधन भयो, त्यसपछि एकपटक फेरि सलमान मेरो घर आए र सिधै त्यही टेबलमा गए । र उक्त बार टेबलमा शिर राखेर रुन थाले ।’ आज पनि सलमानसँग राम्रो सम्बन्ध रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१