दुई अर्बको लागतमा स्काइवाक टावर काठमाडौँमा निर्माण हुने

anis.shahi20@gmail.com' anish shahi
२५ आश्विन २०७५, बिहीबार १३:०२

काठमाडौँ, दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको छ ।वण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३।२ रोपनी जग्गामा करीब रु दुई अर्बको लागतमा बन्ने भएको हो । आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने योजनासहितको उक्त परियोजनाको आज यहाँ आयोजित कार्यक्रममा शब्ददृश्य परिकल्पना सार्वजनिक गरियो ।युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकलाई समृद्धिको लक्ष्यमा लैजान वर्तमान सरकार लागिरहेको समयमा यो परिकल्पना त्यसका लागि सहायक हुने भन्दै योजना सफलताको कामना गर्नुभयो ।प्रदेश नं ३ का भौतिक योजनामन्त्री केशव स्थापितले आफूले सोच्ने गरेजस्तै छिटो र महत्वाकाङ्क्षी योजनाका साथ युवाको टोलीले उक्त टावर निर्माण गर्न लागेकामा खुशी व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले समृद्धिका लागि उद्यमशीलता, नवप्रवर्तन र सिर्जनात्मकता आवश्यक पर्ने विषयलाई आत्मसात् गरी वाण्डर्स नेपालले उक्त परियोजना अघि सारेको बताउँदै काठमाडौँको मुटुमा रहेकाले टावर बनेपछि उत्पन्न हुनसक्ने ट्राफिक व्यवस्थापनको चुनौतीलाई ध्यान दिन आग्रह गर्नुभयो ।परियोजनालाई मौलिक र महत्वाकाङ्क्षी ठान्दै नेपाली काङ्ग्रेसका सांसदद्वय भीमसेनदास प्रधान र उमेश श्रेष्ठ तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता डा राजन भट्टराईले सफलताको कामना गर्नुभयो ।वण्डर्स नेपालका अध्यक्ष इञ्जिनियर आकर्षण पोखरेलले टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने दाबी गर्नुभयो । सो कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो । उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१