आज बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको जन्मदिन

anis.shahi20@gmail.com' anish shahi
२५ आश्विन २०७५, बिहीबार १२:५७

एजेन्सी। बलिउडका महानायक भनेर चिनिने चर्चित अभिनेता अमिताभ बच्चनको आज जन्मदिन परेको छ । उनी आजबाट ७६ वर्षमा लागेका छन् ।बलिउडका महानायक अमिताभ बच्चन सन् १९४२ अक्टोवर ११ मा जन्मिएका हुन् । भारतको उत्तरप्रदेशमा पिता कवि हरिवंश बच्चन र माता तेजी सुरी बच्चनको कोखबाट जन्मिएका उनी सन् १९६९ मा बलिउड प्रवेश गरेका हुन् ।उनी अभिनेत्री जया बच्चनका पति , अभिनेता अभिषेक बच्चनका पिता र अर्की अभिनेत्री ऐश्वर्या रायका ससुरा समेत हुन् । आफ्नो जीवनको करिब ४८ वर्ष फिल्ममा बिताएका उनले करिब १९० फिल्ममा काम गरिसकेका छन् । उनका केहि सफल फिल्महरुमा ‘शराबी’ , ‘शोले’ , ‘मर्द’ , ‘तुफान’ , ‘लावारिस’ , ‘कभी खुसि कभी गम’ लगायतका हुन् भने उनि पछिल्लो समय फिल्म ‘थाग्स अफ हिन्दुस्तान’ मा नजर आउंदै छन् । यस फिल्मको ट्रेलर सार्वजनिक भैसकेको छ । फिल्म नोभेम्वर ८ देखि रिलिज हुँदै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१