बाघ मार्न कुकुर परिचालन

anis.shahi20@gmail.com' anish shahi
२५ आश्विन २०७५, बिहीबार १२:१८

सबै कुकुर बाघ देख्ने बित्तिकै भाग्छन् तर कतिपय कुकुर यस्ता हुन्छन् जो बाघ बिरुद्ध पनि जाइलाग्न सक्छन् ।भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी ९मादा टाइगर०का कारण चिन्तित छ । उक्त बघिनीले पछिल्लो केही दिनमा १३ मानिस र कयौं जनावरहरु मारिसकेको बताइएको छ । उक्त ‘टी १’ नामको बघिनी समात्न वन विभागले धेरै प्रयास गर्यो तर समात्न सकेको छैन । बघिनीको शिकारका लागी वन विभागले ‘केन कोरसो’ प्रजातिको दुई कुकुर परिचालन गरेको छ । भारतीय मिडियाका अनुसार यो कुकुरलाई शिकारी कुकुर मानिन्छ ।

‘टी १’ बघिनीको शिकार गर्न प्रयोग गर्न लागिएको कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो । केन कोरसो निक्कै पुरानो जातको इटालियन कुकुर भएको र यसमा रत्तिभर पनि डर नहुने जानकारहरु बताउँछन् । यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएका कारण उ जस्तो अवस्थामा पनि दुश्मन बिरुद्ध जाईलाग्न पछि पर्दैन । यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउँदैन ।इतिहासलाई हेर्ने हो भने यसले रात्रीकालिन चौकिदारको भूमिका निभाउँदै आएको पाइन्छ ।यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१