बजारमा मनपरी मूल्य

anis.shahi20@gmail.com' anish shahi
२५ आश्विन २०७५, बिहीबार ११:३१

काठमाडौँ  । चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोक्ताको भीड बढेसँगै व्यापारीले मूल्यमा मनपरी गर्न थालेको छन् । दसैँका बेलामा अन्य समयभन्दा बढी सामान किनबेच हुने भएकाले व्यापारीले मनलाग्दी मूल्य राखेर बिक्री गर्ने गरेका हुन् ।  काठमाडौँको महाबौद्ध, रत्नपार्क, असन, इन्द्रचोक, न्युरोड, लगनखेललगायतका स्थानमा डेढ सातादेखि खुट्टा हाल्ने ठाउँ छैन । दसैँको मौका छोपेर विदेशी ब्रान्डका सामान बेच्ने नाम चलेका व्यापारीले सर्वसाधारण उपभोक्तालाई छुटको लोभ देखाएर सस्तो सामानलाई महँगोमा बिक्री गर्ने गर्छन् । त्यसैले उपभोक्ताले ढुक्क भएर सामान खरिद गर्न सक्ने अवस्था नभएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी विमला खनालले ब्रान्डका सामान बिक्री गर्ने ठूला सपिङ मलदेखि गल्लीगल्ली र फुटपाथमा रहेका पसलबाट उपभोक्ता ठगी भइरहेको बताउनुभयो । सरकारले अहिले गरेको अनुगमन आमउपभोक्तालाई राहत हुने भन्दा पनि आफूहरूले भक्ता पचाउनेबाहेक केही नभएको भन्दै उहाँले यसलाई साँच्चिकै प्रभावकारी गराउन त कालोबजारी गर्ने, गुणस्तरहीन सामान बिक्री गर्ने व्यापारीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ भन्नुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले दसैँको मौका छोपी व्यापारीबाट हुन सक्ने कालोबजारी र गुणस्तरहीन सामान किनबेचप्रति सचेत भएर निरन्तर बजार अनुगमन गर्दै आएको बताउनुभयो । उहाँले हरेक पसलमा सरकारले अनुगमन गरेर साध्य नहुने भएकाले स्वयं उपभोक्ता समेत भएर सामान खरिद गर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१