मिर्गौलामा समस्यामा रहेका पूर्व न्यायाधीश प्रेम शर्माको निधन

काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रेम शर्माको निधन भएको छ । मिर्गौलामा समस्यामा रहेका पूर्व न्यायाधीश शर्माको ७१ वर्षको उमेरमा निधन भएको हो। उनी बिगत चार वर्ष देखि मिर्गौलामा समस्या देखि ग्रस्त रहेका थिए। उनले २०३० सालमा न्याय सेवा शुरु गरेका थिए।भने २०३५ सालमा जिल्ला न्यायाधीश भएका थिए। पर्वतमा २००४ असार २० मा जन्मिएका शमाले २०६५ सालमा सर्वोच्चबाट अवकाश पाएका थिए।पूर्व न्यायाधीश शर्माको आज बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

बिहिबार, अशोज २५, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री