पर्सामा स्वचालित पेस्तोलसहित युवक पक्राउ

२४ असोज, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले पटेर्वासुगौली गाउँपालिका १ बस्ने २५ वर्षका मनोज पासवानलाई पक्राउ गरेको हो । सादा पोशाकमा खटिएको प्रहरी टोलीले पर्साको पर्टेर्वासुगौली गाउँपालिका ४, फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा उनको साथबाट स्वचालित पेस्तोल बरामद गरेको हो ।सुगौलीगाँउदेखि निचुटा तर्फ पैदल हिडिरहेका उनीमाथि शंका लागेपछि शरीर खानतलासी गर्दा मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने एउटा खाली म्यागजिन फेला परेको डिएसपी सत्यनारायण थापाले जानकारी दिए । हतियारसहित पक्राउ परेका उनलाईर् जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बुधबार, अशोज २४, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री