सुमन गुरुङको ‘ लै बरी लै’ सार्वजनिक

गायिका सुमन गुरुङले बहुप्रतिक्षित गीत लै बरी लै सार्वजनिक गरेकी छन् । गीतमा स्वरको साथमा शब्द र संगीत पनि स्वयम गुरुङकै हो । गम्भिर बिस्टद्वारा निर्देशित लोक पप शैलीको गीतको भिडियोमा युनिता खत्री,सुरबीर पण्डित (दारी बा ),बिष्णु सापकोटा (हर्के हवल्दार),हत्टि नत्टि अनुपम श्रेष्ठ लगायत थुप्रै चर्चित कलाकार हरुको अभिनय रहेको छ । गीतमा युनिता र दारी बा बिचको तालमेल निकै रमाइलो देखाइएको छ । लामो समयको अन्तराल पछि पुन संगीतमा फर्केकी गायिका सुमनले चलचित्र एबं अरुको गीतमा समय दिएकोले आफ्नो गीतमा ढिलाई भएको बताईन्।

 

बुधबार, अशोज २४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री