पोलले थिचेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ। आज मंगलबार बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर ५८ वर्षीय बोगटीको निधन भएको चलचित्र कलाकार संघका पूर्व अध्यक्ष नवल खड्काले बताएका छन्।

घर नजिकै रुख काटेको हेर्न गाडीबाट बाहिर निस्किएका बोगटीलाई उल्टो दिशामा ढलेको रुखले ट्रान्समिटर सहितको विजुलीको पोल लडाउँदा उनलाई थिचेको थियो। लगत्तै उपचारका लागि बीएन्डबी अस्पतालमा लैजादै गर्दा उनको निधन भएको खड्काले बताएका छन्। अहिले बोगटीको शव शव पोष्टमार्टम गर्न पाटन अस्पतालमा लगिएको छ।

उनको निधका विषयमा इन्टरनेट खबरसँग कुरा गर्दै पूर्व अध्यक्ष नवल खड्काले राम्रो सफल कलाकार, सालिन व्यक्तित्व, समाजसेवी बोगटीको निधनले आँफु साह्रै मर्माहत भएको बताउँदै स्वर्गिग बोगटीप्रति हार्दिक श्रदाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

बोगटीको निधनले देश, सम्पूर्ण चलचित्र जगत र चलचित्र कलाकार सँघलाई अपूर्णनिय क्षति पुगेको पनि उनले बताए। स्वर्गिय बोगटीका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन्।

बुधबार, अशोज २४, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री