छोराको कुटाईबाट आमाको मृत्यु, प्रहरी बयानमा खूल्यो डरलाग्दो रहस्य

एजेन्सी । मुम्बईकी फेशन डिजाईनर सुनीता सिँहको हत्या अन्धविश्वासमा भएको प्रहरी रिर्पोटमा खुल्न आएको छ। आरोपित उनका छोरा लक्ष्यले बताए अनुसार उनले जानी जानी आमाको हत्या गरेको नभई अन्धविश्वासमा पर्दा आमाको ज्यान गएको बताएका छन्।

लक्ष्यका अनुसार आफ्ना बाबुको आत्मा आमाको शरीरमा घुसेको र त्यसलाई बाहिर निकाल्न आफुँले आमालाई हिर्काएको प्रहरी बयानमा बताएका छन्। मुम्बईकी फेशन डिजाईनर ४९ वर्षीया सुनीतालाई आफ्नै छोराले हत्या गरेर बाथरुममा छोडेर पण्डितको घरमा जाँदै गर्दा लक्ष्यलाई प्रहरीले पक्राउ गरेको थियो । सुनिताको अनुहार र घाँटीमा गम्भीर चोट लागेको पोष्टमार्टम रिर्पोटमा खुलेको छ।

मङ्लबार, अशोज २३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री