भारतमा इन्धनको मूल्यवृद्धि, नेपालमा के होला ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७५, मंगलवार ०५:४३

नयाँदिल्ली । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।

नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ ।

मुम्बईमा पेट्रोलको मूल्य भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको छ ।

सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भा.रु. २.५० ले कटौती गर्ने घोषणा गरेका थिए। उनले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१