अमेरिकाले तीव्र गतीको हाइपरसोनिक विमान बनाउने

anis.shahi20@gmail.com' anish shahi
२२ आश्विन २०७५, सोमबार १३:४१

वासिङटन-अमेरिकाले मानिसले हालसम्म अनुमान गरेको भन्दा तीव्र गतीको हाइपरसोनिक विमान बनाउने अमेरिकी रक्षा सहायक मन्त्री प्याट्रिक सानाहानले बताएका छन् । हाइपरसोनिक विमानको विकासमा अमेरिकी प्रयासका लागि आगामी रक्षा बजेटमा अनुरोध गरिने पनि उनले बताए ।“हामीहरु कठिन, चलाख, उच्च भार वहन गर्न सक्ने लगायका काम गरिरहेका छौ,” उनले बताए । हाइपरसोनिकको विकिासका लाग भगिनी सेवा शाखाहरुसँग संयुक्त प्रयास हुने उनको भनाई थियो ।

हाइपरसोनिक हतियार म्याक ५ वा यो भन्दा पनि तीव्र दरमा उड्न सक्छ । यसको गती आवाजको तुलनामा ५ गुणा छिटो वा प्रति सेकेन्ड १ माइलको गतीमा उड्न सक्छ । मार्च महिनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ परमाणु र हाइपरसोनिक हतियार विकास भएको घोषणा गरेका थिए । उनले राष्ट्रलाई गरेको सम्बोधनको समयमा यो हतियारलाई अरुले परास्त गर्न नसक्ने बताएका थिए । यो हतियारमा परमाणु उर्जाको क्रुज मिसाइल पनि बोक्ने सकिन्छ । यो परमाणु मिसाइललाई परमाणु उर्जाको पानी मुनीको ड्रोन र नयाँ हाइपरसोनिक मिसाइलको नाम दिइएको छ ।

अगस्टमा चीनले पनि पहिलो पटक हाइपरसोनिक विमानको सफल परिक्षण गरेको घोषणा गरेको थियो । यो उपलव्धी अमेरिकाले अझै हासिल गर्न बाँकिनै रहेको छ । “हामी हतियारीकरणको अवस्थाको विकल्प छनौट गर्ने मानिस होइनौ । तर हामीलाई कसैले चुनौती दिन्छ भने यसको प्रतिक्रिया दिन सक्छौ,” पेन्टागनका शीर्ष इन्जिनियर मिचेल ग्रिफिनले बताए ।“रक्षा विभागले हाल हाम्रो विद्यमान क्षमताको रक्षा गर्ने विषयमा काम गरिरहेको छ,” उनले बताए । नासाका पूर्व प्रशासक ग्रिफिनले चीन र रुसले हासिल गरेको हालको हाइपरसोनिक विमानको अमेरिकाले सामना गर्न नसक्ने बताए । उनले पेन्टागनले अन्तरिक्ष आधारित प्रणालीको विकासलाई गती दिन प्रोत्साहित गरेको बताए ।

चीनले यो हतियार परिचालन गर्न लागेको विषयमा सोधिएको प्रश्नमा बेइजिङको प्रयास मस्कोको विकासको तुलनामा थप सोच्न योग्य भएको उनले बताए । चीनले लामो दुरीका हतियार प्रणालीको विकास गरेकाले आपूmहरु परम्परागत लडाइको अवस्थामा वास्तवमै प्रभावशाली भएको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१