सामाजिक सन्जालमा भारतलाई उछिन्दै नेपाल अगाडी

anis.shahi20@gmail.com' anish shahi
१९ आश्विन २०७५, शुक्रबार १२:२३

काठमाडौं । नेपालमा सामाजिक सन्जाल र मोबाइल हरेक नेपालीकोलागी अनिबार्य जस्तै भइसकेको छ ।अहिले हरेक नेपालीको हातहातमा मोबाइल र इन्टरनेट चलिरहेको हुन्छ । नेपालमा सामाजिक सन्जाल र मोबाइल धेरै प्रयोगमा आएको छ । त्यसैले प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् ।नेपालीले भारतीयलाई मोबाइल र सामाजिक सन्जालको प्रयोगमा जितेका छन् ।ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट सेवा प्रयोगकर्ता रहेको देखाएको छ ।

सर्वेक्षणमा डेक्सटप कम्प्युटर र ल्यापटप प्रयोगकर्ता भने ५ प्रतिशत छन् भने ७२ प्रतिशत नेपालीसँग मोबाइल फोन रहेको पाइएको छ ।सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता अर्जेन्टिनामा ९२ प्रतिशत रहेको छ । तर भारतमा ६१ प्रतिशत जनतासँगमात्र मोबाइल रहेको सर्वेक्षणमा बताइएको छ ।नेपालमा ८० प्रतिशत पुरुष र ६५ प्रतिशत महिलाले मोबाइल प्रयोग गरिरहेको सर्वेक्षणले देखाएको छ । भारतमा भने ४३ प्रतिशत महिलाले मात्र मोबाइल प्रयोग गरिरहेका छन् ।नेपालमा सून्य आय भएका ६५ प्रतिशतसँग मोबाइल फोन छ ।नेपालमा ७७ जिल्लाका २ हजार परिवारमा पुगेर अन्तर्राष्ट्रिय विधिअनुसार सर्वेक्षण गरिएको सेन्टर फर ल एण्ड टेक्नोलोजीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । यसक्रममा १५ देखि ६५ वर्ष उमेर समूहका ३८ हजार व्यक्तिसँग कुराकानी गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१