मिर्गौला उपचारका लागि आयुर्वेदिक पद्धति उपयोगी

काठमाडौँ  । सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन् । मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो । उनका बाबु फणीन्द्रले धेरै चिकित्सकको परामर्श लिनुभयो । मिर्गौला फेर्नुपर्ने नै सल्लाह दिएपछि निराश हुनुभएका उहाँले आयुर्वेदिक उपचार पद्धति थाल्नुभयो र १६ वर्षे सुविन अहिलेसम्म विना डायलासिस स्वस्थ्य छन् । काठमाडौँ महानगरपालिका–१६ पकनाजोल घर भएका सुविनका बाबु फणीन्द्रले भन्नुभयो, “१२ वर्षको कलिलो छोराको मिर्गौला फेर्नुपर्छ भन्दा मनले हरेश खाइसकेको थियो तर आयुर्वेदिक औषधिले ठीक गरायो, अहिले छोराको स्वास्थ्य ठीक छ ।”
कुपण्डोल गुरुद्वारा नजीकै रहेको गणेश आयुर्वेदिक औषधालयका वैद्य गणेशबहादुर राउतसँग आवश्यक परामर्श लिएर औषधि खान थालेपछि क्रिटिनाइन विस्तारै कम हुँदै आएको र अहिले उनी सामान्य अवस्थामा छन् ।

सुविनजस्तै जनकपुर–९ धनुषा निवासी ४५ वर्षीया चन्दा साहलाई पनि चिकित्सकले डायलासिस गर्नुपर्छ भनेपछि तनाव भएर आयुर्वेदिक उपचार शुरु गर्नुभयो। उहाँको क्रिटिनाइन ४ दशमलव ५ पुगेकामा अहिले सामान्य अवस्थामा आइसकेको छ । “मिर्गौला उपचारका लागि डायलासिस गर्नुपर्छ भनेपछि मैले हरेश खाएकी थिएँ तर आयुर्वेदिक औषधिले ठीक हुन्छ भनेपछि यसमै लागेँँ, चार वर्षसम्म लगातार उपचार गरेपछि अहिले राम्रो भएको छ”, आफू स्वस्थ्य भएकीेमा खुशी हुँदै साहले भन्नुभयो, “अहिले म सबै काम गर्न सक्छु, बिरामी छु भन्ने पनि महसुस हुँदैन ।” सुविन र साहजस्तै धेरैले आयुर्वेदिक पद्धतिबाट सस्तो र विना डायलासिस मिर्गौलाको उपचार गरी स्वस्थ्य जीवन बिताइरहेका छन् । वैद्य राउतका अनुसार मिर्गौलामा क्रिटिनाइन एक दशमलव चार एमजी हुनु सामान्य हो तर उमेर बढ्दै गएपछि दुई एमजीसम्मलाई पनि सामान्य मानिन्छ । मिर्गौलाले रगत र पिसाबमा भएको फोहर छान्ने काम गर्छ । “मिर्गौलाको उपचारमा डायलासिस गर्दा राज्यको र व्यक्तिको पनि अत्यधिक खर्च भइरहेको छ”, उहाँले थप्नुभयो, “एक बिरामीलाई डायलासिस गर्ने पैसाले आयुर्वेदिक पद्धतिबाट १०० बिरामीको उपचार गर्न पुग्छ ।” मिर्गौलाको समस्या नसर्ने खालको रोग हो । यस्ता बिरामीमा आयुर्वेदिक पद्धतिले सफलता पाउनु को कारण खानपानमा जिम्मेवार, उपचारमा निरन्तरता र सचेतना नै मुख्य भएको वैद्य राउतको अनुभव छ ।

किन हुन्छ मिर्गौलामा समस्या

क्रिटिनाइन भनेको शरीरको जमेको फोहर हो । मिर्गौलामा जब क्रिटिनाइन बढेर रगत बाक्लो भएपछि पानीको अभाव हुन्छ अनि मिर्गौलाले फोहर छानेर पठाउन सक्दैन । शरीरमा क्रिटिनाइन बढी हुन्छ । “मानिसले मिर्गौला फेल भयो भन्ने गर्छन्, तर मिर्गौला फेल भएको होइन कमजोर हुन्छ”, वैद्य राउतले भन्नुभयो, “मेरो अनुभवमा क्रिटिनाइनको मात्रा बढेर दश एमजी नै भए पनि आत्तिनु पर्दैन तर यस पद्धतिबाट डायलासिस शुरु नगरेको अवस्थामा मात्रै काम गर्न सकिन्छ ।”

आयुर्वेदिक उपचार पद्धतिले फोहरलाई दिसा÷पिसाबबाट बाहिर निकाल्छ । मिर्गौला क्रमशः प्राकृतिक रूपमै सक्षम हुँदै आउँछ । डायलासिस गरिसकेपछि यो विधिले काम दिँदैन, किनभने शरीरको प्राकृतिक संरचनामा समस्या आइसकेको हुन्छ ।

“आयुर्वेदिक पद्धतिबाट मिर्गौला उपचार नेपालको नितान्त मौलिक प्रविधि हो”, वैद्य राउतले थप्नुभयो, “आयुर्वेदको विद्यार्थीको नाताले चोक–चोकमा सहयोग मागिरहेका देखिने क्षमतावान्हरूको पनि घरखेत गइसकेकाले मेरो मन छोयो, त्यसपछि मैले अध्ययन गरेर काम शुरु गरेको अहिले १५ वर्ष भयो ।”
यथार्थ अध्ययन गरेर प्रविधिलाई सुरक्षित राख्ने कार्यमा राज्य लागिपरोस् भन्ने वैद्य राउतको चाहना छ । यो प्रविधिले भावी पुस्ता, राज्यको सम्पत्ति र जनताको सम्पत्ति जोगाउने कार्यमा ठूलो मद्दत गर्छ । “जब देशका नागरिक अस्वस्थ हुन्छन्, राज्यको समृद्धिको कल्पना पूरा हुँदैन, एक छेउबाट भए पनि राज्यलाई सहयोग पुगोस् र नेपालको मौलिक प्रविधिको संरक्षण होस् भन्ने मेरो चाहना हो”, उहाँको भनाइ थियो ।

वैद्य राउतले विसं २०४५-४६ मा विश्व स्वास्थ्य सङ्गठनको सहायतामा १५ महीने आयुर्वेदिक तालीम लिइ निरन्तर खोज तथा अनुसन्धान गरेर मिर्गौला खराबी हुँदा क्रिटिनाइन बढ्न नदिन काम गरिरहनुभएको छ । उहाँको उपचार पद्धतिबाट क्रिटिनाइन भर्खर बढ्न शुरु भएकालाई दुई-चार महीनामै सामान्य अवस्थामा ल्याउँछ तर अत्यधिक बढेकाका लागि भने केही समय लाग्न सक्छ ।

आयुर्वेदिक उपचार हेमोडायलासिस नगरेकाका लागि मात्र गरिन्छ । सस्तो र घरमै बसेर उपचार गर्न सकिन्छ । मासिक रु पाँच हजारको औषधि प्रयोग गरी वैद्यको सल्लाहअनुसार खान नहुने भनिएका खाना वर्जित गरे छिट्टै निको हुँदै जान्छ ।

वैद्य राउतका अनुसार मिर्गौला खराबी प्रत्येकलाई फरक–फरक कारणले हुन्छ । यो कुरा थाहा पाउनका लागि बिरामीको सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ । पिसाब कम लाग्ने, वाकवाकी लाग्ने र हात–गोडा सुन्निनेजस्ता यो रोगका लक्षण हुन् ।

शुक्रबार, अशोज १९, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री