मूल्य बढाएर बेच्दा पनि आयल निगम घाटा

anis.shahi20@gmail.com' anish shahi
१९ आश्विन २०७५, शुक्रबार १०:२८

काठमाडौं । नेपाल आयल निगम (एनओसी)ले चालू आर्थिक वर्ष ०७५ ७६ को साढे दुई महिनामा ४० अर्बको पेट्रोलियम कारोबार गरेको छ।  ४० अर्बको कारोबारमा निगमले एक अर्ब घाटा देखाएको छ।साउन, भदौ र असोजको मध्यसम्म ४० अर्बभन्दा बढी कारोबार गर्दा एनओसीले ३० अर्ब रुपैयाँ भारतीय आयल कर्पोरेसन(आईओसी)लाई भुक्तानी दिएको छ। यो अवधिमा एक अर्ब रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संकलन गरेको र झण्डै १२ अर्ब राजस्व तिरेको छ। असोज १५ मा आईओसीले निगमलाई नयाँ मूल्य पठाए पनि बारम्बार मूल्यवृद्धिको चर्को विरोधका कारण मूल्य समायोजन गर्न नसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१