७ जना अपहरणकारीबाट यि किशोरीलाई जंगलमा बचाएको सिंहले प्रहरी आउँदासाथ उनीहरुको जिम्मा लगाएर जंगल पसे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७५, शुक्रबार ०५:२०

एजेन्सी  ।  इथियोपियाको एक जंगलमा अपराधीहरुको फन्दामा परेकी एक बालिकालाई ३ जना सिंहले सुरक्षा दिएका छन् ।केही दिनदेखि हराइरहेकी बालिकाको खोजी गर्दै जंगलमा पुगेका प्रहरीहरुले तीन सिंहको पहरेदारमा रहेको अवस्थामा बालिका फेला परेकी थिइन् ।यो घटना इथियोपियाको अबाबा शहरमा भएको हो ।त्यहा एक १२ वर्षिय बालिकालाई केही अपराधीहरुले अप्ठ्यारोमा पारेपछि सिंहहरुले उनलाई अपराधीहरुबाट बचाउन सफल भएका थिए ।

केही दिनदेखि हराइरहेकी बालिकाको खोजी गर्दै जंगलमा पुगेका प्रहरीहरुले तीन सिंहको पहरेदारमा रहेको अवस्थामा बालिकालाई प्रहरीले घना जंगलमा फेला पारेको थियो ।अपराधीहरुको पिटाइको कारण चिच्याएकी बालिकाको आवाज सुनेर त्यहाँ पुगेका सिंहहरु देखेपछि अपहरणकारीहरु भागेको जनाइएको छ । प्रहरी बालिकालाई खोज्दै जब त्यहाँ पुगेका थिए तब मात्र सिंहहरु त्यहाँ बाट हिँडे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१