दाँत चम्काउने घरेलु उपाय – यसरी चम्काउनुस दाँत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७५, शुक्रबार ०५:११

एजेन्सी । मनिसको सुन्दरतामा विशेष प्रभाव पार्ने दाँत पहेलो हुनु हिजो आज धेरै को समस्या हो ।
सहि तरिकाले दाँत को हेरचाह नगर्नु, चुरोट, सुर्ती, पराग, जस्ता कुराहरु बढि सेवन गर्दा दाँत पहेँलो हुने समस्या हुने गर्दछ । आफ्नो अनुहारको सुन्दरताको तत्व पहेँलो होस् भन्ने केहि पनि चाहादैनन् ।

यस्ता छन् दाँतको पहेलोपन हटाउने केहि घरेलु औषधी
– हाम्रो गाउघर तिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २९४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

– केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस र यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ ।

– तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ , तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर केहि दिनमै चमक आउन थाल्छ ।

– नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ यो दिनहु नीमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१