अम्बा खानुका फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७५, शुक्रबार ०५:०७

काठमाण्डाै । अम्बा मा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ ।
यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ । आर्युवेदिक हिसाबले पनि अम्बा फाइदाजक छ ।

स्वादका लागी मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका मद्दत गर्छ । यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सिको कमीलाई हटाउँछ ।

अम्बामा चिनीको मात्रा कम हुन्छ । त्यस्तै, यसले चिनीको मात्रा कम गर्न मद्दत गर्ने हुदाँ यो मधुमेहका विरामीको लागि समेत निकै फाइदाजनक मानिन्छ । दिनमा एउटा अम्बाको पत्ता चपाउनाले मात्र पनि मधुमेह नियन्त्रण हुने भएकोले मधुमेहका रोगीहरुलाई दैनिक अम्बा खान सल्लाह दिने गरिन्छ ।

अम्बामा भरपूर मात्रामा भिटामिन सि पाइन्छ , जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनमा निकै लाभदायक मानिन्छ । अम्बामा कालो मरिच तथा नुन मिसाएर खानाले कफको समस्या हट्छ । त्यस्तै, पाकेको अम्बा खाएपश्चात्त मनतातो पानीको सेवनले ज्वरोबाट छुटकारा पाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०