क्यान्सर पीडित बालकलाई सहयोग

anis.shahi20@gmail.com' anish shahi
१८ आश्विन २०७५, बिहीबार १२:१२

काठमाडौँ  । सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–९ स्थायी ठेगाना भएका ब्लड क्यान्सर पीडित बालक साइरस श्रेष्ठलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ । चौतारा साँगा चोकगढी–९ सुटुके निकासी नारायण श्रेष्ठ तथा सुशीला श्रेष्ठको पाँच वर्षीय छोरा साइरसलाई रु ८५ हजार ५०१ सहयोग प्राप्त भएको हो । उक्त रकम पीडित बालकका माइजु किशोरी श्रेष्ठलाई युवा समाजसेवी उमेश केसीले हस्तान्तरण गर्नुभयो । पीडित बालकको हाल कलकत्ताको टाटा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । साइरसलाई उपचार गर्न करीब रु ४० लाख लाग्ने अस्पताल स्रोतले जनाएको समाजसेवी केसीले जानकारी दिनुभयो । बालकको उपचारबापत हाल करीब रु आठ लाख प्राप्त भएको केसीले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१