कर वृद्धि विरुद्धको एक महिने आन्दोलन फिर्ता

anis.shahi20@gmail.com' anish shahi
१८ आश्विन २०७५, बिहीबार ११:३२

लहान । मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महिनादेखि जारी आन्दोलन फिर्ता भएको छ । नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिबीच बुधबार साँझ दुई बुँदे सहमतिपश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजश्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संशोधित विषयवस्तुको कार्यान्वयन गराउन नगरसभाबाट अनुमोदन गराई मङ्सिर ५ गतेभित्र कार्यान्वयन गरिने सहमति भएको  छ । गत साउन २९ गते कर वृद्धि फिर्तालगायत विभिन्न आठ बुँदे माग राख्दै आन्दोलन हुँदै आएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१