जामको कारण एम्बुलेन्समै बिरामीको मृत्यु

anis.shahi20@gmail.com' anish shahi
१८ आश्विन २०७५, बिहीबार १०:२०

धादिङ । पृथ्वी राजमार्गमा मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ ।  चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवन सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्यान गएको हो । नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएको जाममा एम्बुलेन्स परेको थियो । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा ज्यान गएको मृतकका आफन्तले बताएका छन् । चौधरी बोकेको एम्बुलेन्स टायलघरमा चार घण्टा जाममा फसेको थियो । मृतक चौधरीका आफन्तले सडकमा अत्यावश्यक एम्बुलेन्सलगायतलाई पनि बाटो खुलाउन नसक्ने प्रशासनको आलोचना गरेका छन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१