यी हुन् संसारका सबभन्दा खतरनाक अपराधी, सयौं बच्चीमाथि गरेका छन् दुर्व्यवहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७५, बिहीबार ०५:३२

काठमाडौं । हलिउड अभिनेत्री एन्जेलिना जोलीले धेरै फिल्महरूमा खतरनाक जासूसको भूमिका निर्वाह गरिसकेकी छन्। तर उनले वास्तविक जीवनमा समेत जासूसी गरेको खुलासा भएको छ।

खासमा जोली युगाण्डाका सबभन्दा ठूला युद्धअपराधी जोसेफ कोनीलाई मार्न चाहन्थिन्। यो खुलासा फ्रान्सको अनुसन्धानमूलक वेबसाइट मिडियापार्टले गरेको हो। अनुसन्धान प्रतिवेदनअनुसार, कोनीलाई अमेरिकी कमान्डोहरूसमक्ष सुम्पिनका लागि जोली उनलाई डिनरका लागि बोलाउन चाहन्थिन्। तर यो सम्भव भएन।

कोनी अफ्रिकाका सबभन्दा क्रूर अपराधी हुन्। यी ६१ वर्षीय अपराधी युगाण्डामा भएको विद्रोहका क्रममा विद्रोहीहरूको कब्जामा परेका थिए। विद्रोहीहरूले उनी र उनका भाइलाई बन्दी बनाएका थिए। बन्दी अवस्थामै कोनीका भाइले भाग्ने कोशिश गर्दा विद्रोहीहरूले कोनीकै आँखाअगाडि उनको भाइको गर्दन काटेर हत्या गरिदिएका थिए।

त्यसपछि कोनीले भाइको हत्याको क्रूर बदला लिने कसम खाए र ३० वर्ष हुँदाखेरी आफ्नै सेना बनाए ।
विद्रोही सेनाको अत्याचारबाट पीडित मानिसहरूलाई उनले आफ्नो सेनामा भर्ती गरे । सन् १९८७ पछि कोनी र उनको सेनाले भारी संख्यामा साना बच्चाहरूलाई लडाईंमा लगाए। गाउँमा छापा मारेर उनीहरूले बच्चाहरू समात्थे अनि भाग्ने कोशिश गर्नेलाई मारिदिन्थे। अहिले पनि कोनीले बच्चाहरू समात्छन्। बच्चीहरूलाई गुलाम बनाएर राखिन्छ र उनीहरूको यौन शोषण गरिन्छ।

इन्भिजिबल चिल्ड्रेन नामक संगठनको प्रतिवेदनअनुसार, कोनीका करीब ६६ पत्नीहरू छन्। त्यसबाहेक पनि कोनी र उनका बफादारहरूले सयौं बच्चीहरूलाई यौनदासी बनाएर राखेका छन्। कोनीको सेना लर्ड्स रेजिस्टेन्स आर्मी एक उग्रवादी विद्रोही संगठन हो र अप्रिकामा व्यापक क्षेत्रमा फैलिएको विद्रोही आन्दोलन हो। यो गुट केन्द्रीय अफ्रिकी गणराज्य, सुडान र युगाण्डामा सक्रिय छ। कोनी आफूलाई इसाइ धर्मको दूत मान्छन् र सहयोगीहरूले आफ्ना फैसलालाई सोधपुछ नगरिकन कार्यान्वयन गरून् भन्ने इच्छा राख्छन्।

कोनीले हात्तीको दाह्रा तस्करी गरेर पैसा कमाउने गरेका छन्। उसलाई सिध्याउनका लागि अहिलेसम्म कुल तीन हजार ३५० सैनिक खटिएका छन्। उनीहरू युगाण्डा, दक्षिण सुडान र केन्द्रीय अफ्रिकी गणराज्यका सैनिक हुन्। अमेरिकीहरूले पनि यसमा सहायता गरिरहेका छन्। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०