अमेरिकी डिभि चिट्ठसम्बन्धी जान्नैपर्ने ११ तथ्यहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७५, बिहीबार ०५:१५

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी)को आवेदन अाजदेखि खुल्नेछ । आज राति ९ः४५ बजेबाट सुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । सन् २०२० को लागि डीभीको आवेदन दिन सकिने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ । डीभी भर्न चाहनेले तोकिएको समयभित्र dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्नेछन् ।

यस्तै डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दूतावासले जानकारी दिएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न अमेरिकी दूतावासले आग्रह गरेको छ ।यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भनेअनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।

डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्‍यो कि परेन् भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ । तपाईंलाई डीभी पर्‍याे यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला । तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।

१.आज नेपालमा स्थानीय समयअनुसार रातको ९ बजेर ४५ मिनेटबाट डिभिको आवेदन खुला हुनेछ २.अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्नु होला

३.डिभीको लागि आफैंले आवेदन दिँदा कुनै पनि शुल्क तिर्नु पर्दैन ४. आवेदन भर्दा कन्सल्टेन्टको सहयोग अनिवार्य हुँदैन ।

५. आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सकिन्छ ६. डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक २१ डिभी भर्ने अन्तिम मिति हुनेछ।

७. डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्छ ८. आवेदकहरूले दर्ता अवधिको बेलामा dvlottery.state.gov मा गई आवेदन फारम भर्न सकिन्छ ।

९.अवेदनदर्ता गर्दा विवाहतिले आफ्ना पति र पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ। १०. आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्छ र भरिसकेपछि कन्फरमेसन नम्बर सुरक्षित राख्नुपर्छ ।

११. यो वर्ष भरेको डिभी नतिजा आगामी वैशाख १८ गते आउने अमेरिकी दूतावासको सूचनामा छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१