मोटोपन नबढाउन अपनाउने केही तरिका, जसले सधै स्लिम राख्छ तपाईलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७५, बुधबार ०५:३२

स्लिम र आकर्षक हुन खान खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरिरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ ।

थोरै–थोरै खाइरहने:तपाई छिनछिनमा खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरियुक्त खानेकुराको चाहना हुँदैन ।

बिस्तारै–बिस्तारै खाने:स्वाद लिएर बिस्तारैबिस्तारै खाना खानुभयो भने तपाईले पेट भरिएको महसुस गर्नुहुनेछ । छिटोछिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न ।

निद्रा पुर्याउने:केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन् । अनिद्रामा तपाई तनाव महसुस गर्नुहुन्छ तनावसँग सम्बन्धित हार्मोनले शरिरमा अत्याधिक मात्रामा पानि बढाइदिने गर्छ । यसले तपाईको तौल बढ्न सक्छ ।

अल्कोहालबाट टाढै बस्ने :फिट रहन चानुहुन्छ भने मदिरापानबाट टाढा रहनुहोला रक्सी सेवनले पनि मोटोपन बढाउन सक्छ ।

बाहिर नखाने: बाहिर रेष्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वस्थ्यका लागि राम्रो हुन्छ । घरको खाना ताजा र स्वस्थ्यवद्र्धक हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्दछ ।

शाकाहारी खाना खाने:मांसाहारी भोजनमा पोषक तत्व बढी हुने हुन्छन्, जसले मोटोपनलाई सघाउँछन् । हरियो सागसब्जी, गेडागुडी आदीले शरीरलाई स्वस्थ्य र फिट राख्न मद्दत गर्छन् ।

सही मात्रामा खाना खाने: खाना नै नखाई डाइट्रि गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ सानो प्लेट या थालमा खाना खानु राम्रो हुन्छ ।

स–साना काम गर्ने : शरीरलई फिट र फुर्तिलो राख्न स–साना घरायासी काम गर्नुपर्छ । यस्ता कामले तपाईको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन् । सरसफाइ, फुलबारीमा गोडमेल आदी पनि राम्रा शारीरिक अभ्यास हुन् ।

केही अतिरिक्त टिप्स

तीन चम्चा कागतीको रस, एक चियाचम्चा मरिचको धुलो र एक चियाचम्चा मह मिसाएर पानी पिउने ।
दिनहुँ एक ग्लास गाजरको जुस पिउने ।
सलाद धेरै खाने, सलादमा बन्दाको मात्रा बढाउने ।
चिन्ता, तनाव या थकान भएको बेलामा खाना नखानु बेस । फलफुल खानु राम्रो ।
चियाको सट्टा ग्रिन टी खानु राम्रो ।
नुन कम खाने । गुलियो कम खाने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१