बङ्गबन्धु गोल्डकप: आज नेपाल र ताजकिस्तान भिड्दै

anis.shahi20@gmail.com' anish shahi
१६ आश्विन २०७५, मंगलवार १३:२६

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ तथा अन्जन विष्ट छन् ।  फिफा बरियतामा नेपाल १६० औँ स्थानमा छ भने ताजकिस्तान १२० औँ स्थानमा छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१