पत्रकार ढुंगानालाई पुर्व प्रधानमन्त्री माधव कुमार नेपालद्वारा शैक्षिक पत्रकारिता सम्मान प्रदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७५, आईतवार ०५:३०

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना जया मल्टिपल क्याम्पसको १५औँ वार्षिक समारोहमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालद्वारा  सम्मानित भएका छन्।

उनलाई पत्रकारिता मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै जया मल्टिपल क्याम्पसले यस बर्षको शैक्षिक सम्मान गरेको हो। विगत १४ वर्षदेखि पत्रकारिता गर्दै आएका ढुंगानालाई बिसेष अवसर पारेर सम्मान गरिएको क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले बताउनुभयो ।

निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई कदरपत्रसहित बिशेष सम्मान गर्न पाउदा अत्यन्तै खुसि लागेको क्याम्पसका सस्थापक अध्यक्ष जगन्नाथ देवकोटाले बताउनुभयो ।

ढुंगाना बोष्टर मिडियाको अध्यक्ष तथा राष्ट्रिय खवर डटकमका प्रधानसम्पादक सहित २ दर्जन भन्दा बढी संघसस्थामा आबद्ध हुनुहुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०